सात महिनामा ८ अर्ब ६१ करोडको अलैंची निर्यात

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपालबाट चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो सात महिनामा ८ अर्ब ६१ करोड २० लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ। सम्बन्धित विभागका अनुसार यस अवधिमा ४ हजार १५३ मेट्रिक टन अलैंची विदेशिएको हो।

यो निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढी हो। गत आवको पहिलो सात महिनामा ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको ३ हजार २८ मेट्रिक टन अलैंची निर्यात भएको थियो। परिमाण र मूल्य दुवैमा वृद्धि हुनु निर्यात क्षेत्रका लागि सकारात्मक संकेत मानिएको छ।

नेपालले अलैंची मुख्यतः दुबई, अस्ट्रेलिया, फ्रान्स, भारत, स्विट्जरल्यान्ड र अमेरिका लगायतका देशमा निर्यात गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग स्थिर रहँदा निर्यात आम्दानीमा सुधार देखिएको हो।

देशका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा, दोलखा, काभ्रेपलाञ्चोकसहित ३९ जिल्लामा अलैंची खेती हुँदै आएको छ। ‘खोल्साको सुन’ भनेर चिनिने अलैंची नेपालका लागि बहुमूल्य निर्यातजन्य मसला बाली हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी