सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौं, १५ फागुन । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो ।

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १५ हजार ४ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी