शेयर बजार उच्च अङ्कले बढ्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौं, १७ फागुन । प्रतिनिधि सभा सदस्य चुनाव अघिको अन्तिम कारोबार दिन आज शेयर बजार उच्च अङ्कले बढेको छ । भोलिदेखि होलीको बिदा शुरु हुने र २० गतेदेखि सरकारले चुनावको बिदा दिएका कारण आज चुनाव अघिको अन्तिम कारोबार दिन हो ।

अब शेयर बजार आउँदो २५ गते सोमवार मात्रै खुल्नेछ । आज शेयर बजार परिसूचक नेप्से १९।२७ अङ्कले बढेर २६७४।२० को बिन्दु पुगेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

आज ३ सय ४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार ४ सय ६२ कित्ता शेयर पाँच अर्ब ६४ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्