शेयर बजार उच्च अङ्कले बढ्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, २८ फागुन । आज शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३।८७ अंकले बढेर २८२०।४४ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, निर्जिवन बिमा र अन्य बाहेक सबै समूहको शेयर घटेको हो ।

सबैभन्दा धेरै बैंकिङ समूह २ प्रतिशतले बढेको छ । साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो भने अरू तीनवटा कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरैले बढेको छ ।

आज नेप्सेसँग कारोबार रकम पनि बढेको छ । हिजो १३ अर्ब १८ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ३ सय ३५ वटा कम्पनीका ४ करोड १६ लाख कित्ता शेयर १४ अर्ब ५५ करोड रुपैयामा किनबेच भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी