जीप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, २८ फागुन । कञ्चनपुरमा जीप र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिकास्थित लालपुरमा केहीबेरअघि से १ च १४०५ को जीपले म २ प ३५०६ को मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले थाहाखबरलाई जानकारी दिए।

महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको जीपले विरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवै व्यक्तिको घटनास्थलमै मृत्यु भएको उनले बताए।

दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको थापाले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी