काठमाडौँ, ७ चैत । इरानका विदेशमन्त्री अब्बास अराघचिले होर्मुज स्ट्रेटको मार्ग भएर जापानसँग सम्बन्धित जहाजहरूको आवागमनमा अनुमति दिन तयार रहेको बताएका छन् ।
अराघचिले जापानको ‘क्योडो न्युज’ सँग इरान होर्मुज स्ट्रेट भएर जापानसँग सम्बन्धित जहाजहरूको आवत–जावतका लागि अनुमति दिन तयार रहेको बताएका हुन् ।
‘क्योडो न्युज’ का अनुसार अराघचिले प्रतिबन्ध अस्थायी रूपले हटाउने उद्देश्यले जापानी पक्षसँग पहिलेबाट नै कुराकानी सुरू भइसकेको बताएका छन् र
अराघचिको भनाइपछि जापान सरकारका एक अधिकारीले ‘क्योडो न्युज’ सँगको प्रतिक्रियामा भनेका छन्, ‘प्रतिबन्ध हटाउने सबैभन्दा प्रभावकारी तरिका इरानी पक्षका साथ सोझो कुराकानी गर्नु हो ।’
अधिकारीले अमेरिकाको उक्साहटबाट जोगिनका लागि अत्यधिक सावधानी अपनाउनु पर्नेमा पनि जोड दिएका छन् ।





