अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवसका अवसरमा जोरपाटीमा शान्तिपूर्ण प्रदर्शन

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, ७ चैत । अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको आयोजनामा शनिबार जोरपाटी चोकमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ । गोकर्णश्वर नगरपालिका वार्ड नं ५ जोरपाटी चोकमा सो प्रदर्शन गरिएको हो ।

समानता, न्याय र मानव अधिकारको पक्षमा उठाइएको आवज र यस्ता कार्यक्रमले समाज परिवर्तनको एउटा सशक्त सन्देश दिएको कार्यक्रममा सहभागिहरुले बताएका छन् । कार्यक्रममा काठमाडौँ शाखाका सभापति विकास थापाले समानता र भेदभावरहित समाज निर्माणका लागि निरन्तर लागिरहन सबैलाई आह्वान गरे ।

कार्यक्रममा सहभागिहरुले जबसम्म समाजका हरेक व्यक्तिमा समानता र मानव अधिकारप्रति सच्चा प्रतिबद्धता हुँदैन, तबसम्म यात्रा अधुरो नै रहने समेत बताए । साथै यस्ता कार्यक्रले एकता, सहभागिता र प्रतिबद्धताले भविष्यप्रति आशा जगाएको उनिहरुको ठहर छ ।

कार्यक्रममा केन्द्रीय पदाधिकारीहरू, काठमाडौँ शाखाका पदाधिकारी सदस्यहरू, शुभचिन्तक तथा शुभेच्छुकहरूका साथै ललितपुर शाखाबाट समेत उत्साहजनक सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवस हरेक वर्ष मार्च २१ तारिदमा मनाइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी