सुनको भाउ आज १२ हजार ५०० रुपैयाँले घट्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, ८ चैत । नेपाली बजारमा सुनको भाउ आइतबार १२ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्