भ्रष्टाचारविरुद्धको लडाई अझै रोकिने छैन : प्रधानमन्त्री

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १३ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्धको लडाई अझै नरोकिने बताउनु भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दे उहाँले वर्षोदेखि डुंगुरको रुपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरुविरुद्धको लडाई नरोकिने बताउनु भएको हो ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हातपारेसँगै उच्चपदस्थहरु र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको दाबीसमेत गर्नुभयो ।

उहाँले आफूले सरकार संचालन गरेयता सबैभन्दा ठूलो उपलब्धि जनतामा राज्य र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको जिकीर समेत गर्नुभयो ।

प्रधानमन्त्री दाहालले मुलुकमा सुशासनका लागि अभियाननै सुरु गरेको उल्लेख गर्दै त्यसमा सदन र आम नेपाली जनताले सरकारलाई अझ धेरै साथ दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी