शुक्रबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१५ चैत,काठमाडौं । वर्षा र बाढीका कारण शुक्रबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानबाट खुलेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्ग भक्तपुर सडक डिभिजन कार्यालयसँग समन्वय गरेर आइतबार बिहानबाट दुईतर्फी खुलाइएको हो ।

राजमार्ग खुले पनि मौसमको प्रतिकूलतालाई ध्यान दिँदै यात्रामा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

शुक्रबार साँझ ६ बजेदेखि बीपी राजमार्गको काभ्रे खण्डमा पर्ने रोशी–७ घुमाउनेडाँडा, रोशी–९ विरुवाडाँडा र चिउरीबास तथा रोशी–११ कालढुङ्गा र नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।

रोशी खोलाको बाढीले करिब साढे ५ किलोमिटर अस्थायी डाइभर्सन बगाएको थियो । बगाएका स्थानमा पुनस् अस्थायी डाइभर्सन बनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्