प्रकाशमान सिंह राउत अवकाशमा, सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीश

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाश हुँदैछन् ।

त्यसलगत्तै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहनेछिन् ।

कानून व्यवसायीका रूपमा न्यायसेवामा प्रवेश गरेका राउत नेपाल सरकारद्वारा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदै न्यायसेवाको सर्वोच्च पद प्रधानन्यायाधीशमा २०८१ असोजमा नियुक्त भएका हुन् ।

उनले कानून व्यवसायीका रुपमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएपछि प्रधानन्यायाधीशको नियुक्ति पाएका थिए ।

कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल पनि कानून व्यवसायी पृष्ठभूमिकी हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्