गोकर्णेश्वरमा रमेश अर्यालद्वारा नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (तस्बिरहरू)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२१ चैत, काठमाडौं । नेपाली कांग्रेस क्षेत्र नं.३ का पूर्व प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश अर्यालको पहलमा गोकर्णेश्वर नगरपालिका–६ स्थित दीप ज्योति पार्टी प्यालेसमा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले नयाँ वर्ष २०८३ ले देशमा शान्ति, स्थिरता, विकास र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रम आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै चियापान समेत गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्