सांसद विकको माग : ओली–लेखकलाई रिहा गरियोस्, सामाजिक संजालको नियमन होस्

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२३ चैत, काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भएको प्रदर्शनमा अमिशा पराजुलीले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमार्फत भएको हिंसाबारे सदनमा ध्यानाकर्षण गराइएको छ ।


सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेकी सांसद विष्णुमाया बिकले नारा–जुलुश गरेकै कारण सामाजिक सञ्जालमार्फत हमला भएको भन्दै सदनको ध्यानाकर्षण गराएकी हुन् ।


त्यस्तै उनले महिला हिंसाको विषयमा पार्टी नहेरी सबै महिला सांसदहरु एक ढिक्का भएर आवाज उठाउनेपर्ने पनि धारणा राखिन् ।


उनले भनिन्,‘ अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले गरेको प्रदर्शनमा अमिशाले नाराजुलुश गरेकै कारण सामाजिक सञ्जालमार्फत हमला गरिएको छ । हामीले महिला हक अधिकारको लागि लामो समयदेखि लड्दै आएको छौं । महिला माननीयज्यूहरुलाई आग्रह गर्छु–महिला हिंसाको विषयमा पार्टी नहेरेर एक ढिक्का भएर आवाज उठाऊ ।’
त्यस्तै उनले सामाजिक सञ्जालले प्रधानमन्त्री र मन्त्री कसलाई बनाउने भन्ने समेत निर्धारण गरिरहेको बताउँदै सामाजिक सञ्जाललाई तुरुन्त नियमन गर्न माग गरिन् ।
साथै अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तुरुन्त रिहाई गरी अनुसन्धान गर्न पनि उनले आग्रह गरिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्