नेपालमा शिक्षा क्षेत्रमा पछि पर्नुपर्ने कुनै कारण छैनः केपी ओली

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा शिक्षा क्षेत्रमा पछि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।

मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले केहि बर्ष अघि बिभिन्न कारणले नेपालको शिक्षा क्षेत्र पछि पर्दै आएको भन्दै अव भने शिक्षा क्षेत्रमा पछि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो ।

नेपालमा बिकासको सम्भावना रहेको र थुप्रै काम गर्न बाँकी रहेकाले युवा तथा विद्यार्थीहरुले मुलुकमा नै योगदान गर्नुपर्ने उहाले बताउनुभयो । उहाले देशप्रति गर्व नगर्ने प्रवृति देखिएको भन्दै नयाँ पिढिहरुले देशप्रति गर्व गर्नुपर्ने उल्लेख गर्नुभयो । ओलीले नेपालका शिक्षालाई व्यवहारिक रुपमा प्रकट गर्नेगरि रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा पढेका विद्यार्थीहरु विश्वका कुनै ठाँउमा जादा पनि अवसर पाउने गरि शिक्षा प्रणालीलाई बिकास गर्नुपर्ने उहाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्