नयाँ वर्षको शुभकामना दिँदै ओलीले भने, २०८२ साल अब इतिहास भयो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१ वैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले नव वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले अनुभव र युवाशक्तिको सहकार्यबाट समृद्ध नेपाल निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले सन्देशमा वर्ष २०८२ अब इतिहास बनेको उल्लेख गर्दै सफलता वा विफलता, अवसर वा चुनौती तथा कमजोरी वा उपलब्धिबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने बताए ।
उनले लेखेका छन्,‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि – २०८२ अब इतिहास भयो। इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ’पाको अनुभव’ र ’नवयुवा ऊर्जा’ बीचको एक सार्थक ’सिनर्जी’ सिर्जना गरोस्।नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना !’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी