नयाँ वर्षमा सुशीला कार्कीको शुभकामना :राष्ट्रिय हितका लागि मिलेर अघि बढौं

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१ वैशाख, काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिएकी छिन् ।


मंगलबार सामाजिक सञ्जालमार्फत उनले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् भन्दै शुभकामना दिएकी हुन् ।


राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नु पर्ने उनको भनाई छ ।


उनले लेखेकी छिन्,‘नयाँ वर्ष २०८३ का अवसरमा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु । बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् ।

राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि हामी सबै मिलेर अघि बढ्न सकौँ । नयाँ वर्षले हामी सबैमा सकारात्मक ऊर्जा, नयाँ आशा र उत्साह लिएर आओस् । हार्दिक मंगलमय शुभकामना ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी