संसद दिवस मनाईदै, मामिलामा नयाँ नेतृत्व चयन हुदैँ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १६ असार । आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ। नेपालको संसदीय इतिहासमा पहिलो संसदीय निर्वाचनपछि संसद्‌को पहिलो बैठक २०१६ सालमा १६ असारको दिन बसेको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

यस दिवसको अवसरमा पूर्वसांसद मञ्चले काठमाडौँमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन  ।यसैगरी, संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेसन सुरु भएको छ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त अधिवेसन सुरु भएको हो । सो अधिवेसनले नयाँ नेतृत्व चयन गर्दैछ । जसअनुसार नयाँ नेतृत्वका लागि सबिन धमला, तुल्सी सापकोटा, बिष्णु खडका, मनोज सत्यालले दाबी प्रस्तुत गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्