कांग्रेसको संसदीय दलको नेता टुंगो लागेन, भोली फेरी बैठक बस्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोली फेरी बस्ने भएको छ ।


आज बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि भोली फेरी सहमतिको लागि बैठक बस्ने सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।


उनले भने, ‘दलको नेता चयनको लागि कार्य प्रारम्भ भएको छ । नेताको टुङ्गो मात्र नला आज दलको नेता टुङ्गिएन। हामी भोलि पनि दाबेदारहरूसँग छलफल गर्छौँ।’


दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्