सप्तरीका एसपीमाथि छानबिन गर्न समिति गठन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

८ वैशाख, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गौतम केसीमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयले एसपी केसीमाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति बनाएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी (प्रहरी नायव महानिरीक्षक) अबि नारायण काफ्लेका अनुसार एसएसपी कमल थापाको नेतृत्वमा समिति गठन गरिएको हो ।

उक्त समितिले काम समेत सुरु गरेको छ । समितिले एसपीमाथि सोधपुछ सुरु गरेको छ ।

एसपी केसी र एक व्यक्ति बीचको फोन संवादको रेकर्ड बाहिरिएको थियो । जहाँ ती व्यक्तिले प्रहरीले उजुरी लिन नमानेको देखि उजुरी दिनका लागि प्रहरी कार्यालय भित्रै सहजीकरण गर्नुपर्नेमा नगरिएको गुनासो गरेको सुनिन्छ ।

यही विषयमा छानबिन गर्न समिति गठन गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी