धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि अवतरण नगरी फर्कियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १६ असार । प्राविधिक समस्याका कारण काठमाडौंबाट धनगढी उडानको श्री एयरलाइन्सको जहाज अवतरणा नगरी काठमाडौं नै फर्किएको छ ।

श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भएपछि जहाज काठमाडौं नै फिर्ता भएको हो ।

श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो। त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ भने धावनमार्ग खाली भएको छ । पछिल्लो समय श्रीको  जहाजमा बारम्बार समस्या आइरहेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी