रोल्पाको माडी गाउँपालिका–१ मा कुल नारायण मन्दिर निर्माण अभियान तीव्र,सबै समिति गठन

उदाहरणीय पहल,हौँजाली कुल परिवारसँगै मन्दिर निर्माणमा समुदायको उत्साहजनक सहभागिता रहेको छ ।

ओमसरा घर्ति रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१० वैशाख, काठमाडौं ।  रोल्पाको माडी गाउँपालिका–१ मा हौँजाली घर्ती मगर परिवारद्वारा कुल नारायण मन्दिर निर्माण गर्ने अभियान तीव्र बनाइएको छ।

केही दिनअघि सम्पन्न पारिवारिक बैठकले मन्दिर निर्माणलाई व्यवस्थित रूपमा अघि बढाउन विभिन्न समिति गठन गरेको हो।

हौँजाली परिवारका जेष्ठ नागरिक श्री पहलमान घर्तीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा परिवारका सदस्यहरूका साथै माडी गाउँपालिका–१ का वडा सदस्य रुपलाल बुढामगरको उपस्थिति रहेको थियो। मन्दिर माडी गाउँपालिका–१ अन्तर्गत चौर गाउँपारि स्याँल डाँडामा निर्माण गरिने तय गरिएको छ।

हाल मन्दिर निर्माणका लागि स्वेच्छिक आर्थिक सहयोग संकलन अभियान सञ्चालन भइरहेको छ। देश तथा विदेशमा रहेका हौँजाली भाइबन्धुहरूबाट समेत सहयोग जुटाउने अभियान जारी रहेको जनाइएको छ।

बैठकले मन्दिर निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन सल्लाहकार समिति, मन्दिर स्थापना समिति तथा आर्थिक संकलन समिति गठन गर्नुका साथै विभिन्न महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

मुख्य निर्णयहरू:

  • मन्दिरस्थल चौर गाउँपारि स्याँल डाँडामा चयन गर्ने
  • वंशावली खोज तथा व्यवस्थापन गर्ने
  • पुजारी तथा संरक्षक नियुक्त गर्ने
  • स्वेच्छिक आर्थिक सहयोग संकलन अभियान सञ्चालन गर्ने
  • देश तथा विदेशमा रहेका हौँजाली समुदायलाई सहयोगका लागि आह्वान गर्ने
  • निर्माण कार्यलाई पारदर्शी, उत्तरदायी र व्यवस्थित बनाउने
  • आवश्यकताअनुसार थप बैठक बस्ने
  • मन्दिर क्षेत्रको संरक्षण तथा व्यवस्थापनलाई प्राथमिकता दिने

सल्लाहकार समितिमा :

पहलमान घर्ती, पल बहादुर घर्ती, हस्तवीर घर्ती, खले घर्ती र वीरसिंह घर्ती

मन्दिर स्थापना समितिमा :

  • अध्यक्ष: तोप बहादुर घर्ती
  • उपाध्यक्ष: हरिप्रसाद घर्ती मगर
  • सचिव: बलसिंह घर्ती
  • कोषाध्यक्ष: झर्ना डाँगी (घर्ती)
  • वरिष्ठ सदस्य: हर्कबहादुर घर्ती
  • सदस्यहरू: धुर्व घर्ती, लालासिंह घर्ती, महेन्द्र घर्ती, ललित घर्ती, खिर्मा घर्ती, रतिकला घर्ती, रुपा खड्का घर्ती, शिवप्रसाद घर्ती

आर्थिक संकलन समितिमा :

  • संयोजक: विजय घर्ती मगर
  • सदस्यहरू: समिर घर्ती, मोहन घर्ती, तुलाराम घर्ती, खगेन्द्र घर्ती, शेरबहादुर घर्ती, दीपेन्द्र घर्ती, पंकज घर्ती, हस्तवीर घर्ती, शिवराज घर्ती, तुफान घर्ती

मन्दिर निर्माणका लागि स्वेच्छिक आर्थिक सहयोग संकलन गर्ने निर्णय गर्दै देश तथा विदेशमा रहेका हौँजाली भाइबन्धुलाई सहयोगका लागि आह्वान गरिएको छ। स्थानीयवासीका अनुसार मन्दिर निर्माण अभियानलाई तीव्रता दिइएको छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त स्थानमा मन्दिर निर्माण भएपछि क्षेत्रको पहिचान थप मजबुत हुने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्