१२ वैशाख काठमाडौं । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्न सक्ने आशङ्कामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कार्मी र दिनेश सुनार छन् । उनीहरूलाई थापाथली क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
शुक्रबार प्रहरीले सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भन्ने नारायण परियारलाई पक्राउ गरेको थियो । २०७९ मा काठमाडौँ महानगरपालिकाले थापाथली स्थित सुकुमबासी बस्ती खाली गराउन खोज्दा परिश्रमीले महानगरका सुरक्षाकर्मीहरूलाई आक्रमण गरेका थिए । उनी ज्यान मार्ने उद्योग मुद्दामा फरार देखिएको एसपी भट्टराईले बताए ।
आजबाट सरकारले थापाथली, गैह्रीगाउँ र मनहरा फाँटको सुकुमबासी बस्ती खाली गरिरहेको छ ।





