बङ्ग्लादेशलाई हराउँदै कुवेत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डाै, १६ असार । कुवेत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । भारतको बेङ्ग्लोरमा भएको खेलमा बङ्ग्लादेशलाई १–० गोलले हराउँदै कुवेत उपाधि नजिकै पुगेको हो ।

कुवेतका लागि अतिरिक्त समयको २२औँ मिनेटमा अब्दुल्लाह अल बुलोसीले गोल गरे । निर्धारित ९० मिनेटमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको हो । कुवेतले अब उपाधिको लागि भारत र लेबनानबीचको विजेतासँग खेल्दैछ ।

दोस्रो सेमिफाइनलमा घरेलु टोली भारत र लेवनानबीच बेलुका पौने ८ बजे खेल हुनेछ । फाइनल खेल जुलाई ४ तारिख अर्थात् आउँदो १९ गते हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी