गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर चलाइयो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१२ वैशाख, काठमाडौं ।  सरकारले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ।

शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्तीका टहरा भत्काउन डोजर चलाएको हो।

यसअघि थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएको थियो भने मनोहरास्थित सुकुम्बासी बस्ती पनि खाली गराइरहेको थियो।

प्रहरीले सुकुम्बासीको सामान सार्नको लागि सहयोग गरिरहेको छ।

यसअघि सम्बन्धित निकायले बस्ती खाली गर्न नमाने कानुनी कारबाही गरिने चेतावनी दिएको थियो। तर स्थानीयवासीले सुकुम्बासी समस्या समाधानका लागि आवश्यक प्रक्रिया पूरा नगरी जबर्जस्ती हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्