१३ वैशाख, काठमाडौं । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन सुरु गरिएको छ ।
ठूलो संख्यामा सुरक्षाकर्मी खटाएर बस्ती हटाउन थालिएको हो । अहिले डोजर लगाएर घरहरु भत्काउने काम भइरहेको छ ।
शनिबार भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए । त्यसपछि फर्किएको डोजरसहितको टोली आज पुन: मनोहरा क्षेत्रमा पुगेको हो ।
शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो ।





