बीपी राजमार्ग ३ दिनपछि सञ्चालनमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१४ वैशाख, काठमाडौं ।  शनिबार रोशी खोलामा आएको बाढीले डाइभर्सन बढाएपछि ३ दिन लगाएर मर्मत गरिएको हो ।

राजमार्ग आज सोमबार साढे ३ बजेबाट सवारी सञ्चालनमा आएको सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको सहयोगमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो ।

शनिबार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको थियो भने सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा डाइभर्सन बगाएको थियो ।

अस्थायी समाधानका रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ ।

नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गरेर थप जानकारी लिन अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी