नयाँबस्ती युवा क्लबद्वारा भित्ते पात्रो सार्वजनिक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१५ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटीको नयाँबस्ती युवा क्लबले पहिलो पटक आफ्नो भित्ते पात्रो सार्वजनिक गरेको छ।

आज आयोजित एक कार्यक्रमबीच उक्त भित्ते पात्रो सार्वजनिक गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि तथा क्लबका सल्लाहकार, नगर प्रवक्ता एवं वडा अध्यक्ष नारायण बहादुर सुवेदी, क्लबका अध्यक्ष चन्द्रमणि गौतम, पूर्व अध्यक्ष श्याम पुडासैनी, कृष्णराज पुडासैनी, क्लबका संस्थापक तथा सामाजिक अभियन्ता उत्तम पुडासैनी, पूर्व अध्यक्ष सुरज बोहरा, सुभाष पुडासैनी, दीपक सन्जेल, रामकुमार तामाङ लगायतले संयुक्त रूपमा भित्ते पात्रो सार्वजनिक गरेका हुन् ।

भित्ते पात्रो प्रकाशनमा सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाहरूप्रति कार्यक्रममा विशेष आभार व्यक्त गरिएको थियो। सहयोगीहरूमा विश्रान्ती तरकारी बजारका प्रमुख छबी ओझा, व्यवसायी यनप्रसाद अधिकारी, राजु सोफा हब काठमाडौंका तारालाल धरेल, गोठालो फार्म हाउसका बिनोद अधिकारी, जम्प एन्ड स्केट गोकर्णेश्वर–५ तथा आदय ज्वेलर्सका आदित्य श्रीवास्तव रहेका छन्।

क्लबका पूर्व कार्यसमिति सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदीले समाजसँग गहिरो सम्बन्ध जोडिएको यस क्लबसँग आफूहरू निरन्तर सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि सहकार्यलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन क्लबका सचिव रामचन्द्र दंगालले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्