नक्सा प्रकरणमा नेपाल एयरलाइन्सले भारतसँग माग्यो माफी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१७,वैशख काठमाडौँ । नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा गरेको एउटा पोस्ट विवादित भएपछि त्यसलाई हटाउँदै भारतसँग माफी मागेको छ ।

नेपाल एयरलाइन्सले आफ्नो उडान नेटवर्कलाई नक्सामा देखाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । नेपाल एयरलाइन्सले प्रयोग गरेको नक्सामा भारतीय भूभाग जम्मु–कश्मिरलाई पाकिस्तानमा समावेश गरिएको थियो ।

सामाजिक सञ्जालमै भारतीयले उक्त पोस्टबारे व्यापक आलोचना गरेपनि नेपाल एयरलाइन्सले माफी माग्दै विवादित पोस्ट हटाएको हो ।

‘हाम्रो सामाजिक सञ्जाल च्यानलहरूमा हालै सार्वजनिक भएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी हार्दिक माफी चाहन्छौँ,’ नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा लेखेको छ ।

नक्सामा अन्तर्राष्ट्रिय सीमाहरूको बारेमा महत्त्वपूर्ण कार्टोग्राफिक त्रुटि रहेको स्वीकार गर्दै नेपाल एयरलाइन्सले उक्त नक्साले नेपाल वा नेपाल एयरलाइन्सको आधिकारिक अडानलाई प्रतिबिम्बित नगर्ने प्रस्ट पारेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी