लोक गायिका मीना नेपालको नयाँ एल्बम “चिल बस्यो बाँजैमा” सार्वजनिक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१७ वैशाख काठमाडौं । नेपाली मौलिक लोक सङ्गीत क्षेत्रमा सक्रिय गायिका मीना नेपालको नयाँ गीति एल्बम “चिल बस्यो बाँजैमा” सार्वजनिक भएको छ।

उक्त एल्बम उनले आफ्नै युट्युब च्यानल “मीना नेपाल” मार्फत सार्वजनिक गरेकी हुन्।

लोक स्वाद र मौलिकताको मिठास बोकेको यस गीतमा चर्चित लोकगायक विष्णु खत्रीको शब्द तथा लय रहेको छ। गीतमा विष्णु खत्री र मीना नेपालको संयुक्त स्वर सुन्न सकिन्छ। एचविएन किस्मतले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने रेकर्डिस्टका रूपमा राज खड्काको भूमिका रहेको छ। गीत “वन डीबी एचडी स्टुडियो” मा रेकर्ड गरिएको हो।

गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनेको छ। बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको भिडियोमा सुरे कोहली र जुना बिश्वकर्माको अभिनय देख्न सकिन्छ। प्रकाश खड्का र उनको टिमले छायांकन गरेको भिडियोको सम्पादन तथा पोस्टर लक्ष्मण गौचनले तयार पारेका हुन् भने कलर मिलानले गरेका छन्।

विशेषगरी ग्रामीण जीवन, भावना र नेपाली मौलिकपनलाई समेट्ने प्रयास गरिएको यस गीतले दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

भिडियो हेर्न यहाँ किलिक गर्नुहोस् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी