हिराकाजी सेन्चुरीको प्रस्तुतीमा ‘बालेन सिटी’ सार्वजनिक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१७ वैशाख काठमाडौं । हिराकाजी सेन्चुरीको प्रस्तुतीमा नयाँ नेपाली गीत ‘बालेन सिटी’ सार्वजनिक गरिएको छ।

गीतमा गायक सनु केसी र गायिका सङ्गीता गदालको सुमधुर स्वर सुन्न सकिन्छ।

उक्त गीत ‘हिराकाजी सेन्चुरी अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्ने अपेक्षा गरिएको छ।

समकालीन विषयवस्तुमा आधारित यस गीतको भिडियोमा संजिब ठाकुरी र रिया खड्काको आकर्षक अभिनय देख्न सकिन्छ। निर्माण टिमको समन्वय र सिर्जनात्मक प्रस्तुतिले भिडियो पक्षलाई अझ प्रभावशाली बनाएको छ।

गीतको संगीत गोकुल राउतले तयार पारेका हुन् भने म्युजिक रिक्रिएसन मिलन श्रेष्ठले गरेका छन्। एरेन्ज नारायण दङ्गालले गरेका छन् भने रेकर्डिङ गोपाल दयालले गरेका हुन्। त्यसैगरी, मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन्। गीत ‘म्युजिक प्लस MF’ स्टुडियोमा तयार पारिएको हो।

भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने निर्माण हिराकाजी सेन्चुरीले गरेका हुन्। कोरियोग्राफी संजिब ठाकुरीकै रहेको छ।

छायांकन डेनिश खनालले गरेका छन् भने मेकअप आर्टिस्ट शोभना न्यौपाने रहेकी छन्। भिडियो सम्पादन तथा कलर रोशन ढितालले गरेका छन् भने पोस्ट–प्रोडक्सन मिलन फिल्म्स प्रोडक्सन प्रा.लि.ले सम्पन्न गरेको हो।

भिडियो हेर्न यहाँ किलिक गर्नुहोस् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी