भक्तपुरकाे गुण्डुमा स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डाै, १७ असार । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

दुर्घटनामा सूर्यविनायक नगरपालिका वडा नम्बर ६, पाण्डुबजारका कृष्णकुमार त्वाटीको ज्यान गएको हाे । उहाँको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

उहाँले चलाउनु भएको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा पछाडि बस्ने छोरी अनिता त्वाटी घाइते हुनुभएको छ । उहाँ उपचारपछि घर फर्किसक्नुभएको प्रहरीले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी