काठमाडौं, १७ असार । काठमाडौंको खुल्लामञ्चमा अग्नि निवारण तथा सडक दुर्घटना उद्दार प्रतिकार्य अभ्यास गरिएको छ ।
काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन बिभागको आयोजनामा आइतबार खुल्लामञ्चमा प्रतिकार्य अभ्यासको अन्तिम प्रदर्शन गरिएको हो । सो क्रममा अग्नि निवारण तथा सडक दुर्घटनाका घटनापछिको पूर्वतयारीका बारेमा अभ्यासमार्फत प्रदर्शनी गरिएको थियो ।
शहरी क्षेत्रमा ग्यास लिकका कारण हुने दुर्घटना, आगलागी नियन्त्रण तथा घाइतेहरुको उद्दार, सवारी दुर्घटनामा परेकाहरुको उद्दार र तीव्र उपचार विधि लगाएतका बिषयमा महानगरले प्रतिकार्य अभ्यासको प्रदर्शन गरेको थियो ।
उद्दार प्रतिकार्य अभ्यासमा सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस लगाएतको पनि सहभागीता रहेको थियो ।





