बागमती प्रदेशमा बिहीबार सार्वजनिक बिदा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 २३ वैशाख, काठमाडौं ।  बागमती प्रदेशमा बिहीबार सार्वजनिक बिदा परेको छ । प्रदेश सरकारले बिहीबार (बैशाख २४ गते) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस परेकोले सोही दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको बागमती प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । 

सार्वजनिक बिदा परेसँगै बिहीबार प्रदेशभर सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहने भएका छन् । 

बागमती प्रदेशमा सार्वजनिक बिदा परेसँगै बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द हुने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्