नापी कार्यालय मनमैजुका कर्मचारी १ लाख ७५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय मनमैजुका दुई जना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेकाे छ।

जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनीहरुलाई एक लाख ७५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हाे ।

आयाेगले पक्राउ परेका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविषेक कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आरोपीद्वयलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी