रास्वपा सांसद र मन्त्रीबीच आगामी बजेटबारे छलफल, दुर्गम क्षेत्र प्राथमिकतामा पर्ने प्रतिबद्धता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२३ काठमाडौं । रास्वपाका सांसदहरूले अर्थमन्त्री र भौतिक मन्त्रीसँग आगामी बजेटबारे छलफल गरेका छन् ।

बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालसहित बसेको संसदीय दलको बैठकमा रास्वपा सांसदहरूले आगामी बजेटबारे मन्त्रीद्वयसँग सांसदहरूले चासो राखेका हुन् ।

बैठकमा सांसदहरूको सुझाव सुनेपछि अर्थमन्त्री र भौतिकमन्त्रीले जिल्लामा कनिका छरे जस्तो गरी बजेट माग्ने परिपाटी अन्त्य गर्नुपर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी रास्वपा सांसद राजीव खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार मन्त्रीद्वयले बजेट माग्नका लागि सांसदहरूले मन्त्रालय धाउनुपर्ने बाध्यता नरहने बताएका छन् ।

बैठकमा मन्त्रीद्वयले दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।

समान पहुँच हुने गरी विकासका योजनाहरू छनोट गरिने र स्थानीय तह, प्रदेश र केन्द्रीय तहको फरक छुट्याउने गरी बजेट निर्धारण गरिने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी