नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १७ असार । नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तीन नम्बर पुलमा गए राति खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । अहिले दुईतर्फी नै गाडी चलिरहेका छन् ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको भए पनि जोखिम कायमै रहेकोले सावधानी पूर्वक गाडी चलाउन कार्यालयले अनुरोध गरेको छ ।

दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीवारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी