जिम्बावेलाई हराउदै श्रीलंका विश्वकपमा छनोट

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १७ असार । आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा जिम्बावेलाई पराजित गर्दै श्रीलंकाले विश्वकपमा स्थान बनाएको छ ।

बुलाबायोमा रहेको क्विन्स स्पोर्ट्स क्लबमा जिम्बावेलाई ९ विकेटले पराजित गरेर श्रीलंका विश्वकप छनोटबाट विश्वकपमा छनोट हुने पहिलो टोली बनेको छ ।

जिम्बावेले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले ३३ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाका लागि पथुम निसंकाले १ सय २ बलमा १४चौकाको सहयोगमा अविजित १ सय १ रनको शतकीय ईनिङ खेले । पहिलो विकेटका लागि ओपनरद्वय दिमुथ करुणारत्ने र पथुम निसंकाले १ सय २० बलमा १ सय ३ रनको महत्वपुर्ण सुरुआत दिलाए ।

ओपनर करुणरत्ने ५६ बलमा २ चौकाको सहयोगमा ३० रनमा आउट भएसँगै सो साझेदारी तोडिएको थियो । दोस्रो विकेटका लागि ओपनर पथुम र कुशल मेन्डिसले बलमा रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए । मेन्डिसले ४२ बलमा २ चौकाको सहयोगमा अविजित २५ रन बनाए ।

जिम्बावेका लागि रिचार्ड नगर्भाले १ विकेट लिए ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावे ३२ दशमलब २ ओभरमा १ सय ६५ रनमा अलआउट भयो ।

जिम्बावेका लागि सन विलियम्सले ५७ बलमा ६ चौका र १ छक्कासहित ५६ रनको अर्धशतकीय ईनिङ खेले । सिकन्दर राजा ५१ बलमा ३ चौका र १ छक्कासहित ३१ रन बनाए ।  रायन बर्ल १६ र क्रेग इर्विन १४ रनमा आउट भए । जिम्बावेका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

श्रीलंकाका स्पिनर महेश थिक्सेनाले ४ तथा दिलशान मदुशानकाले ३ विकेट लिए । पथिसा पाथिरानाले २ तथा दाशुन शनकाले एक विकेट लिए ।

जितसँगै श्रीलंकाको ८ अंकका साथ एक खेल अगावै विश्वकपका लागि छनोट भएको छ ।

पराजित जिम्बावेले विश्वकपमा स्थान बनाउन अन्तिम खेलमा स्कटल्यान्डलाई हराउनु पर्ने हुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी