संविधानवाद र संवैधानिक नैतिकताभन्दा माथि कोही हुन सक्दैन : सपना प्रधान मल्ल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२६ वैशाख, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही पनि नहुने टिप्पणी गरेकी छिन् ।

कानुन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प नभएको जिकिर गरिन् ।

‘निश्चय पनि संविधान, संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही पनि छैन । कोही पनि हुन सक्दैन । संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्प पनि छैन,’ उनले भनेकी छिन् ।

तर, कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयास भइरहेको छैन भन्ने प्रश्न उठिरहेकोप्रति उनले चिन्ता व्यक्त गरिन् ।

‘कतै अख्तियारी र विधिको प्रयोगको बाहनामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौमसत्तामा यसका आधारहरू र प्रत्याभूतिहरू शिथिल र अर्कमण्य बनाएर आज्ञाकारी न्यायपालिकाको र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयास भइरहेको छैन भन्ने प्रश्न अहिले उठिरहेको छ,’ मल्लले आफ्नो सम्बोधनको क्रममा भनिन् ।

साथै, न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्न मुकुण्डो बनाउने कुशित प्रयासमा त लागिरहेका छैनौं ? भन्ने प्रश्न उठेको पनि उनले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्