च्याट जिपिटीकाे स्क्रिनसट राख्दै उपसभामुखले लेखिन् : प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२६ वैशाख, काठमाडौं । उपसभामुख रुवी कुमारी ठाकुरले प्रधानन्यायाधीश नियुक्ति सिफारिस कार्यक्षमता र योग्यताका आधारमा गरिएको बताएकी छिन् ।

च्याट जीपीटीको स्क्रिनसट राख्दै सार्वजनिक गरेको स्टाटसमार्फत् उनले न्याय प्रणालीप्रति जनतामा लामो समयदेखि गुनासो रहँदै आएको उल्लेख गरेकी छिन् ।

‘हाम्रो मुद्दा यति वर्ष लगाइयो, उति वर्ष लगाइयो’ भन्ने जनगुनासो न्याय प्रणालीका लागि गम्भीर विषय भएको उनको भनाइ छ ।
उपसभामुख ठाकुरले नियुक्ति कार्यक्षमता र योग्यताको आधारमा नभई दल वा पार्टीको प्रभावमा हुँदा त्यसको परिणाम पनि त्यहीअनुसार देखिने टिप्पणी गरेकी छिन् ।

उनले प्रधानन्यायाधीश नियुक्ति कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको उल्लेख गर्दै यसमा कुनै “किन्तु–परन्तु” आवश्यक नरहेको बताइन् ।

उनले राज्यका सबै अंग देश, जनता र राज्यको हितका लागि काम गर्नुपर्ने उल्लेख गर्दै संविधान, कानुन र जनहित सर्वोपरि हुनुपर्ने धारणा व्यक्त गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत् उनले निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको वास्तविक आधार भएको उल्लेख गर्दै साथ, सहयोग र समर्थनका लागि सबैप्रति धन्यवादसमेत व्यक्त गरेकी छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्