एसईईको रिजल्ट कसरी हेर्ने ? सार्वजनिक भयो एसएमएस र वेबसाइटको सूची

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२७,वैशाख भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (एसएमएस), आईभीआर (आईभीआर) र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

परीक्षार्थीहरूले तल दिइएका सर्टकोडहरूमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सक्ने बोर्डले जनाएको छ ।

नेपाल टेलिकम: १६०० (एसएमएस/यूएसएसडी र आईभीआर सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (एसएमएस सेवा मात्र)
एम्बिसन गुरु: ३१०६९ (एसएमएस सेवा मात्र)

त्यस्तै वेबसाइटबाट पनि नतिजा हेर्न सकिने व्यवस्था रहेको छ ।

इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ ।

रिजल्ट यी वेबसाइटबाट सकिन्छ हेर्न

आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम: www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
इडियु सञ्जाल: www.see.edusanjal.com
खल्ती: https://khalti.com/app
निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी, र इन्द्रेणी टाइम्सका वेबसाइटहरूबाट पनि नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्