३० वैशाख, काठमाडौं । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुस्नधान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान लिने षडयन्त्रमा सामेल क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अधिकारीसहित काभ्रेको तेमाल १ घर भइ फिलिपिन्समा लुकीछिपी बस्दै आएका प्रकाश पाठक र झापा बुद्धशान्ति २ घर भएका ताराप्रसाद खरेलविरुद्द मुद्दा दर्ता भएको हो ।
उनीहरुले संगठित रुपमा अख्तियार प्रमुख राईलाइ इजीएन नामको आतङ्कवादी संगठनको नाम लिएर ह्वाट्सएप नम्बर र भिडिओमार्फत राजीनामा दिन दबाब दिँदै आएका थिए । राजीनामा नदिए ज्यानै लिने सम्मको ध्मकी पनि उनीहरुले दिँदै आएका थिए ।





