नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

३० वैशाख। स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको प्रकरणको मुद्दामा प्रहरीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार पाण्डेलाई पक्राउ गरेको एआइजी मनोज केसीले जानकारी दिए।

‘स्मार्ट सेलको अनुसन्धान प्रकरणमा पक्राउ परेका हुन्। यसमा प्रेस रिलिज आउँदैछ,’ उनले भने।

स्मार्ट सेल टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा सिआइबीले अनुसन्धान केही समयदेखि गरिरहेको छ।

यसअघि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइसकेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्