केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

४ जेठ, काठमाडौं । केन्द्रीय कागाराबाट शुक्रबार भागेकी सपना तामाङ असनको बांगेमुढाबाट आइतबार राति पक्राउ परेकी छिन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। अपहरण, हत्या र डकैती मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय तोकिएकी उनी शुक्रबार कारागारको पर्खालबाट भागेकी थिइन्।

त्यसको १२ घन्टापछि मात्र जेल प्रशासनले थाहा पाएको थियो। २५ वर्षिय तामाङको ‘जेलब्रेक’ बारे छानबिन गर्न कारागार प्रशासनले छानबिन समिति पनि गठन गरेको छ।

उनलाई भगाउन सहयोग गर्ने भोजपुर घर भएका २६ वर्षिय साजन श्रेष्ठलाई पनि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए।

श्रेष्ठको आमा पनि उदयपुर कारागारमा छिन्। प्रारम्भिक छानबिनमा श्रेष्ठ युवतीको प्रेमी भएको खुलेको छ।

प्रहरी स्रोतका अनुसार पहिला उनको आमा पनि केन्द्रीय कारागारमै थिइन्। आमालाई भेट्न जाँदा सपनासँग चिनजान भएर उनीहरु प्रेम सम्बन्धमा परेका थिए।

सोहीअनुसार भाग्ने योजना बनाएका हुन्। युवती जेलको पर्खालबाट भागेको बेला उनले मोटरसाइकलमा राखेर लिएको गएको खुलेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्