नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, ४ जना नियन्त्रणमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 ६ जेठ, काठमाडौं ।  सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा छापा मारी ४ जनालाई पक्राउ गरेको छ। 

साथै उक्त स्थानबाट आज ठूलो मात्रामा नक्क्ली रेडलेवल, ब्ल्याक लेवललगायत महँगा खालका रक्सीसमेत बरामद गरिएको सशस्त्रका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–२ बस्ने ३० वर्षीय मनोज खत्री, सोही जिल्लाको खिम्ति गाउँपालिका बस्ने २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–६ बस्ने २२ वर्षीय छिदेन निमा तामाङ छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्