६ जेठ, काठमाडौं । भारतीय चिया बोर्डले नयाँ सूचना जारी गरेपछि नेपाली चियाको भारत निर्यातमा देखिएको १९ दिने अवरोध हटेको छ ।
गत मे १ देखि लागू भएको अनिवार्य परीक्षण नियमले निर्यात ठप्प भएको थियो, जसलाई व्यवसायीले ‘अघोषित नाकाबन्दी’ भनेका थिए ।
यो अवरोधले नेपाली चिया क्षेत्रमा चिन्ता बढाएको थियो, तर अब निर्यात सुचारु हुने अपेक्षा छ ।





