आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, असार १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमको आज बसेको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेलरमट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७।५ , ६ र ५ रुपैयाँले मूल्य घटाएको जनाएको छ ।

साथै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ ।

यससँगै अब पेट्रोल १६७।५ देखि १७० रुपैयाँ प्रतिलिटरमा पाइनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्