जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा दिने निर्णय

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

८ जेठ, काठमाडौं । बकर ईदको अवसरमा यही जेठ १४ गते सरकारले सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।

ईद–उल–अज्हा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो ।

मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्