लगनखेलमा नक्कली नोटको कारोबार, समातिए एक युवक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१० जेठ, काठमाडौं । ललितपुर महानरपालिका–१२ लगनखेल बसपार्क नजिकै नक्कली नोटको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१५ घर भएका १९ वर्षीय सुरज राई छन् । उनलाई वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार उनीबाट ५ सय दरका ८ थान नक्कली नोट बरामद भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्