११ जेठ, काठमाडौं ।नयाँ नेपाली गीत ‘एकै बित्ताको दूरी’ सार्वजनिक गरिएको छ । गायक बसन्त थापा र गायिका मेलिना राईको सुमधुर स्वर रहेको उक्त गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ ।
गीतका शब्द प्रल्हाद सुवेदीले लेख्नुभएको हो भने संगीत स्वयं बसन्त थापाले तयार गर्नुभएको हो । गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गर्नुभएको छ ।
भिडियोतर्फ सुनिल क्षेत्रीको निर्देशन रहेको छ । भिडियोमा सुनिल क्षेत्री र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ । आकर्षक दृश्य, उत्कृष्ट छायांकन तथा भावपूर्ण प्रस्तुतिका कारण भिडियो थप आकर्षक बनेको दर्शकको प्रतिक्रिया छ ।
उक्त गीत पशुपति म्युजिक अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुल्दै चर्चा कमाउन थालेको छ ।
यस सिर्जनामा आफ्नो सुमधुर स्वर र संगीतमार्फत जीवन्तता थप्नुहुने बसन्त थापा तथा मिठासपूर्ण शब्दमार्फत गीतलाई विशेष बनाउनुहुने प्रल्हाद सुवेदीप्रति सामाजिक सञ्जालमा प्रशंसा व्यक्त भइरहेको छ ।
त्यसैगरी सम्पूर्ण टिमलाई उत्कृष्ट प्रस्तुतिमा जोड्न सफल निर्देशक सुनिल क्षेत्रीप्रति पनि विशेष आभार व्यक्त गरिएको छ ।
निर्माण टिमले गीत सुनेर तथा भिडियो हेरेर आफ्ना अमूल्य प्रतिक्रिया दिन सम्पूर्ण दर्शक तथा श्रोतासमक्ष आग्रह गरेको छ ।
भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस् ।





