एसईईको परीक्षाफल शुक्रबार सार्वजनिक गर्ने बोर्डको तयारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २० असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका अनुसार परीक्षाफल सार्वजनिक गर्नका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ । नतिजा प्रकाशनका लागि नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन्।

बोर्डले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशन गर्न लागेको हो । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न पनि सकिनेछ ।

२०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए । बनेर्डका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी